भाजपाका 50 सदस्य तृणमूलमा सामेल

सिलगढी : स्वतन्त्रता दिवसको अवसरमा फुलबारी 1 नम्बर अञ्चलको बकराबिटा, माइकल मधुसूदन कोलनी र अम्बिकानगरबाट भाजपाका 50 सदस्य आफ्नो पार्टी छोडेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। आज फुलबारी 1 नम्बर अञ्चलका अध्यक्ष तपन सिंह र अञ्चल प्रधान नमिता करातीले यी सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। भाजपा 50 जना सदस्यहरू तृणमूल कांग्रेसमा सामेल भएकोले संगठन अझ दह्रिलो भएको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *