भाजपा महिला मोर्चा-द्वारा सिलगढीमा ‘अब असुरक्षा होइन’ कार्यक्रम

सिलगढी : ‘आर नय अन्याय(अब अन्याय होइन) नारा लिएर भाजपाद्वारा जिल्लाभरिमै कार्यक्रमको आयोजना गरिरहेको छ। यसै क्रममा 21 दिसम्बरदेखि आगामी 24 दिसम्बरसम्म भाजपा महिला मोर्चाको तर्फबाट आर नय असुरक्षा (अब असुरक्षा होइन) कार्यक्रमको आयोजना गरेको छ। आज भाजपा महिला मोर्चाका सदस्यहरूले सिलगढीको मुख्य डाकघर नजिक गाँधीजीको सालिग अघि विरोध प्रदर्शन गरे। यस अवसरमा राज्यद्वारा नियुक्त जिल्ला पर्यवेक्षक पाञ्चाली भट्टाचार्यले बंगालमा महिलाहरू असुरक्षित रहेको बताइन्।


तथापि, राज्यकी मुख्यमन्त्री स्वयम् एउटी महिला भए तापनि राज्यकी अन्य महिलाहरूप्रति तिनको उदासीन नीतिले गर्दा नै आर नय असुरक्षा कार्यक्रमको आयोजना गरेको पाञ्चाली भट्टाचार्यले बताइन्। अर्कोतिर, भाजपा सांसद सौमित्र खाँ-को स्वास्नी सुजाता मण्डल खाँ तृणमूलमा सामेल भएकोबारे तिनले भनिन्, यदि एकजना पार्टी छोडेर तृणमूलमा सामेल हुन्छ भने यसले पार्टीलाई कुनै प्रभाव पर्ने छैन किनभने 50 जना नयाँ सदस्यहरू भाजपामा सामेल भइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *