भाजपा नेता दिलीप घोषलाई कुचबिहारमा भव्य स्वागत

सिलगढी : भाजपाको राज्य अध्यक्ष दिलीप घोष आज बिहान विमानमार्फत् कोलकाताबाट बाघडुग्रा विमानअड्डामा आइपुगेपछि यहाँबाट सोझै तिनी सडक मार्ग भएर सोझै कुचबिहारतर्फ प्रस्थान गरे। कुचबिहारमा तिनले पार्टीका नेताहरूसित एउटा महत्वपूर्ण बैठक गरे। तिनको सिलगढीमा कुनै पूर्व निर्धारित कार्यक्रम नरहेको भए तापनि भाजपा सिलगढी जिल्ला सांगठनिक अध्यक्ष प्रवीण अग्रवाललगायत अन्य केही कार्यकर्ताहरूले दिलीप घोषलाई बाघडुग्रामा स्वागत जनाए। स्मरण रहोस्, 2021-को विधानसभा चुनाउलाई ध्यानमा राखेर भाजपाले दिलीप घोषलाई हालै लगातार दोस्रो कार्यकालको लागि राज्य एकाईको अध्यक्ष चयन गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *