राजगञ्ज : भाजपा लगायत अन्य पार्टी छोडेर 100 जना तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। राजगञ्ज ब्लकको पानीकौरी अञ्चलको आमपाखरी मोडमा पानीकौरी अञ्चल तृणमूल कङ्ग्रेसको पहलमा योगदान सभाको आयोजना गरियो। उक्त सभामा बाँसबारी, डाङ्गापाडा र जुगनी डाङ्गा गाउँका धेरैजना महिलाहरू राजगञ्जका विधायक खगेश्वर रायको नेतृत्वमा तृणमूल कङ्ग्रेसमा सामेल भए। इस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको विकास कार्यलाई हेरेर आज लगभग 100 जना तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। यसले हाम्रो पार्टीको अझ शक्तिशाली भएको तिनले बताए। यस अवसरमा डीपीएससीका चेयरम्यान लक्ष्मण राय, पानीकौरी अञ्चल प्रधान अलप राय, पानीकौरी उपप्रधान नमिता राय, अनुकूल कुरी, पतिराम राय लगायत अन्य उपस्थित थिए।