भारत-बङ्ग्लादेश सिमानाबाट बङग्लादेशी नागरिक पक्राउ

फाँसीदेवा : फाँसीदेवाको भारत-बङ्ग्लादेश सिमाना इलाकामा एकजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका युवक बङ्ग्लादेशको ठाकुर गाउँ इलाका निवासी मासुदको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार हिजो भारत-बङग्लादेश सिमान्तको फाँसीदेवाको धनिया मोड इलाकामा एकजना युवक यताउता घुमफिर गरिरहेको देखेपछि सन्देह लागेर फाँसीदेवा थाना पुलिसले उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका बङ्ग्लादेशी युवक गाई-गोरू तस्करी गर्नेहरूसित संलग्न रहेको हुनसक्ने आशंका रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *