सिलगढी, 26 दिसम्बर (निसं): भारतीय कम्युनिस्ट पार्टीले शताब्दी वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बिहिबार भारतीय कम्युनिस्ट पार्टी दार्जिलिङ जिल्ला संगठनले सिलगढीको बाघाजतिन पार्कबाट एउटा रैली निकाल्यो। भारतीय कम्युनिस्ट पार्टी दार्जिलिङ जिल्ला कमिटीको आयोजनामा बिहीबार पार्टीका कार्यकर्ता अनि सदस्यहरूले हातमा बेलुनहरू अनि पार्टीको झण्डा बोकेर शहरका विभिन्न ठाउँहरूमा रैलीको साथ परिक्रमा गरे। यस शताब्दी वर्षको अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएको छ। पार्टी कार्यकर्ताहरूले बताए अनुसार आजको यो रैली पनि ती कार्यक्रमहरूको एक हिस्सा हो। रैलीमा धेरै संख्यामा मानिसहरू सहभागी भए।