अवैध रूपमा भारतमा अनुप्रवेश गरेको आरोपमा 3 जना बङ्लादेशीलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरूका नाम मोहम्मद हबीब, मोहम्मद शमसेर अली र अतिरुल मोहम्मद रहेको बताइएको छ।
जानकारी अनुसार एनजेपी पुलिसलाई बिहीबार साँझ बङ्ला, देशीहरू भारतमा प्रवेश गरेकोबारे गोप्य सूचना प्राप्त भएको थियो। त्यसपछि एनजेपी पुलिसले फूलबारीको विभिन्न स्थानहरूमा जाल बिछाएको थियो। साँझको समयमा 3 जना बङ्लान देशी फूलबारी क्षेत्रमा प्रवेश गर्दै गर्दा पुलिसले उनीहरूलाई पक्राउ गरे। पक्रा परेका आरोपीहरूको छानबिन गर्दा उनीहरूको साथमा हाइड्रोलिक वायर कटर, हँसिया, बंगलादेशी सिम कार्डसहित एउटा मोबाइल र बङ्ला, देशी 110 रुपियाँ उद्धार गरिएको छ। आज ती तीनजना आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ।