देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या मोठ 61 लाख 45 हजार 292 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा गत 24 घण्टामा 70 हजार 589 नयाँ मामिला अघि आएको छ भने 776 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 61 लाख 45 हजार 292 रहेको छ जसमध्ये 9 लाख 47 हजार 576 एक्टिभ मामिला रहेको छ। मोठ 51 लाख 01 हजार 398 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 96 हजार 318 रोगीको मृत्यु भइसकेको छ।
भारतमा कोरोना सङ्क्रमितहरूको संख्या पुग्यो 61 लाख 45 हजार 292

Share this story
More from Uncategorized
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
फूलबारी, 27 जून (निसं): फूलबारीमा गत राति भएको दुई भिन्न-भिन्नै सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। यी दुइवटै दुःखद दुर्घटना सिलगढी नजिक फूलबारी क्षेत्रको जियागञ्ज र बटालियन मोडमा शुक्रबार राति घटेका हुन्। पहिलो दुर्घटना जियागञ्ज नजिकको क्षेत्रमा राति लगभग 2:30 बजे भएको थियो, जहाँ एउटा ठूलो मालवाहक ट्रेलर र दूधको ट्याङकर आपस्तमा ठोक्किएका…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
