भारत- नेपाल सीमाबाट अवैध पशुहरू तस्करी हुन अगावै पक्राउ

नक्सलबारी: भारत- नेपाल सिमानास्थित एसएसबी 19 औ बटालियनका जवानहरूले भिन्न-भिन्नै ठाउँबाट अवैध गाई-गोरूहरू पक्राउ गरेको छ। एसएसबी 19 औ बटालियन सूत्रले दिएको जानकारी अनुसार ई कम्पनी कुर्लीकोट एसएसबी क्याम्पका जवानहरूले पिलर संख्या 106 /05 नजिकबाट नेपालबाट अवैध रूपमा ल्याइरहेको 39 वटा गाई-गोरूसहित दुई जनालाई पक्राउ गरेको छ। अर्कोतिर, जवानहरूले पिलर संख्या 106 को नजिकबाट 250 किलो काँचो सुपारीसँगै तीनवटा साईकल जफत गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *