भीमसेन च्यालेन्ज ट्रफी फुटबल टुर्नामेन्ट: गोर्खा बोइस र गैरीबास विजयी

खरसाङ (निसं): खरसाङको डब्ल्युबीएनभीएफ खेल मैदानमा भइरहेको पहिलो भीमसेन च्यालेन्ज ट्रफी फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा गोर्खा बोइस र गैरीबास विजयी भएको छ। आज बिहीबार भएको पहिलो खेल गोर्खा बोइस बनाम चामलिङ 7 माझ सम्पन्न भयो। यस खेलमा गोर्खा बोइसले चामलिङ 7 लाई 2-1 को अन्तरले पराजित गरेको छ। त्यसरी नै दोस्रो खेल गैरीवास बनाम घैयाबारीमाझ सम्पन्न भयो। यस खेलमा गैरीवासले घैयाबारीलाई 4-1 को अन्तरले पराजित गर्यो। यस खेलमा काठमाण्डौँबाट नेवार संगठनका अतिथिहरू उपस्थित थिए।


विभिन्न पुरस्कारहरू प्रापक एवम् नेवार भाषा र संस्कृतिको लागि कार्य गर्ने शोभा महर्जन, मोनिका महर्जन र तिरा महर्जन विशेष रूपमा उपस्थित थिए। यस खेल अवधि अतिथिहरूले नेवार भाषामा सम्बोधन गरे। आजको खेल विषयमा कुराकानी गर्दै चिराग तिवारीले विस्तृत रूपमा बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *