भीमसेन च्यालेञ्ज फुटबल ट्रफी: हिल फुटबल एकाडेमी खरसाङ फाइनलमा प्रवेश

खरसाङ (निसं) : हिल फुटबल एकाडेमी टोली पहिलो भीमसेन च्यालेञ्ज ट्रफी फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ। गत 26 जनवरीदेखि खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पश्चिम बंगाल नेवार विकास बोर्डको आयोजनामा सम्पन्न भइरहेको पहिलो भीमसेन च्यालेञ्ज ट्रफी फुटबल टुर्नामेन्टको पहिलो सेमी फाइनल खेल हिल फुटबल एकाडेमी खरसाङ बनाम नाम्सु मिरिकमाझ सम्पन्न भयो। उक्त खेलमा हिल फुटबल एकाडेमीले नाम्सु मिरिकलाई 2-1 गोलको अन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेको छ।


खेलमा हिल फुटबल एकाडेमीका खेलाडी वाङ्चुक तामाङलाई ‘म्यान अफ् द म्याच’ चयन गरियो भने मुख्य अतिथि पश्चिम बंगाल नेवार विकास बोर्डका चेयरम्यान सुनिल प्रधानको बाहुलीबाट पारितोषिक वितरण गरियो। दोस्रो सेमी फाइनल खेल अलि बक्स सेभेन र सालबारी ब्रेभ ब्लुमाझ भिडन्त हुनेछ। टुर्नामेन्टको फाइनल खेल आगामी 25 फरवरीको दिन हुने आयोजक समितिको पक्षमा अमित प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *