देशमा कोरोना भाइरसको सङक्रमणको बढ्दो प्रकोपलाई ध्यानमा राखेर राज्य सरकारले भोलि अर्थात् 23 मार्च साँझ 5 बजीदेखि 27 मार्चसम्म पश्चिम बङ्गालमा लकडाउनको घोषणा गरेको छ। यस अवधि राज्यमा सबै यातायात लगायत, दोकानपाट, अफिस, कारखाना बन्द रहने भएको छ भने लकडाउन अवधि आवश्यकीय व्यवस्थाहरू जस्तै पिउने पानी, ब्याङ्क, टेलिफोन, इन्टरनेट, खाद्य, सब्जी, राशन दोकान, अस्पताल, स्वास्थ्य केन्द्र, औषधि दोकान, विद्युत परिसेवा आदि खुल्ला रहनेछ। राज्यका सबै नागरिकलाई लकडाउन अवधि घरभित्र रहने राज्य सरकारले अनुरोध गरेको छ। भोलि साँझ 5 बजीदेखि आगामी 27 मार्चसम्म उत्तरबङ्गालको सिलगढी, दार्जिलिङ, खरसाङ, कालेबुङ, कुचबिहार, अलिपुरद्वार, जलपाईगढी, उत्तरदिनाजपुर, दक्षिण दिनाजपुर र मालदा आदि जिल्लामा राज्य सरकारले लकडाउनको घोषणा गरेको छ। हालसम्म कोरोना भाइरसको सङ्क्रमणले गर्दा देशमा 6 जनाको मृत्यु भइसकेको छ भने 3 सयभन्दा अधिक कोरोना भाइरसले सङ्क्रमित भएको छ। पश्चिम बङ्गालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणले मर्नेहरूको सङ्ख्या 4 पुगिसकेको छ। कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर आज देशभरि नै प्रधानमन्त्री नरेन्द्र मोदीको अपीलमा जनता कर्फ्यू पालन गरियो। यसको साथै समस्त यात्रीवाही ट्रेन परिसेवा पनि आगामी 31 मार्चसम्म रद्द गरिएको छ। तथापि, समस्त जरुरी परिसेवाहरू चालू रहने सरकारी सूत्रमार्फत् थाहा लागेको छ।
भोलिदेखि 27 मार्चसम्म राज्यका सबै सहरहरूमा लकडाउन

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
