भोटाङ ब्रिज भत्किएर निधन भएका इञ्जिनियरको परिवारलाई गौतम देवद्वारा 2 लाख प्रदान

सिलगढी : भोटाङ ब्रिज भत्किएर निधन भएका सिलगढीका एसिस्टेन्ट इञ्जिनियरको परिवारका सदस्यलाई राज्यका पर्यटन मन्त्री गौतम देवले आज 2 लाख रुपियाँको चेक प्रदान गरे। मन्त्री देवले आज साँझ मृतक इञ्जिनियर अंशु मजुमदारको घरमा गएर परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। यसको साथै पश्चिमबंग सरकारको तर्फबाट आर्थिक सहयोग स्वरूप 2 लाख रुपियाँको चेक प्रदान गरे। स्मरण रहोस्, सिलगढी डाबग्राम निवासी अंशु मजुमदार 2016-देखि भुटानमा एसिस्टेन्ट इञ्जिनियरको रूपमा काम गर्दै आइरहेका थिए। गत बुधबार भुटानमा निर्माणाधीन एउटा पुल भत्किँदा तिनको मृत्यु भएको थियो भने हिजो मृतदेह सिलगढीस्थित तिनको घरमा ल्याइपुराएपछि राति नै तिनको अन्तिम संस्कार गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *