भ्रामरी देवी मन्दिरको ट्रस्टी बोर्ड गठन गर्ने पहल

राजगञ्ज : मन्दिर कमिटीको मागलाई स्वीकार्दै जलपाईगढी जिल्लाका सांसद डा. जयन्त रायले भ्रामरी देवी मन्दिर सञ्चालनमा ट्रस्टी बोर्ड गठन गर्ने पहल गरेका छन्। शिवरात्रिको उपलक्ष्यमा शुक्रबार राति सांसद डा. जयन्त राय राजगञ्जको बोदागछस्थित भ्रामरी देवी मन्दिर पुगेका थिए। तिनीसँग भाजपाका लोकसभा सचिव बाला सुब्रमनियम पनि उपस्थित थिए। सांसदले उक्त मन्दिरमा पुजा गर्नको साथै मन्दिरको परिदर्शन पनि गरे। यस अवधि तिनलाई उक्त मन्दिरमा धेरै संख्यामा श्रद्धालुहरू माताको पुजा एवम् दर्शन गर्न आउने बताए। मन्दिर कमिटीको तर्फबाट ट्रस्टी बोर्ड बनाउने माग गरिएको हुनाले हाल ट्रस्टी बोर्ड बनाउने प्रयास गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *