खरसाङ: खरसाङको घैयाबारी क्षेत्रका अवकाशप्राप्त भूतपूर्व सैनिकहरूद्वारा गठित संगठन कारगिल गैर सरकारी संस्थाको वार्षिक सभा सभापति अर्जुन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा संस्थाको विगत दिनहरूमा गरिएको विभिन्न क्रियाकलापहरू र सामाजिक कार्यहरू विषयमा चर्चा परिचर्चा गरियो भने आगामी दिनमा गरिनुपर्ने विभिन्न कार्यक्रमहरू लगायत सामाजिक कार्यहरू विषयमा पनि चर्चा गरियो। सभामा भूतपूर्व सैनिकहरूमा हुनुपर्ने जिम्मेवारी, अनुशासन, आर्थिक स्थिति र सामाजिक कार्यहरू विषयमा विशेष रूपमा चर्चा गरियो। सभामा सचिवद्वारा प्रतिवेदन पेश गर्नको साथै कोषाध्यक्षले संस्थाको हिसाबको विवरण पेश गरे। सभामा कारगिल गैर सरकारी संस्थाको पुरानो कमिटी सभाध्यक्षद्वारा विघटन गरिएको घोषणा गरेपछि सभामा नयाँ कमिटी गठन गरियो, जसमा सभापति अर्जुन योञ्जन, उप सभापति हेमराज गुरुङ, सचिव रमेश प्रधान, सह-सचिव डीके लामा, कोषाध्यक्ष मणिकुमार छेत्री, मुख्य सल्लाहकार गणेश तामाङ, कार्यालय सचिव एवम् प्रचार प्रसार सचिव जयराज थापा लगायत 12 जनाको कार्यकारी सदस्यहरू चयन गरियो।
भूतपूर्व सैनिक संगठनको वार्षिक सभा तथा नयाँ कमिटी गठन

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
