भूतपूर्व सैनिक संगठनको वार्षिक सभा तथा नयाँ कमिटी गठन

खरसाङ: खरसाङको घैयाबारी क्षेत्रका अवकाशप्राप्त भूतपूर्व सैनिकहरूद्वारा गठित संगठन कारगिल गैर सरकारी संस्थाको वार्षिक सभा सभापति अर्जुन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा संस्थाको विगत दिनहरूमा गरिएको विभिन्न क्रियाकलापहरू र सामाजिक कार्यहरू विषयमा चर्चा परिचर्चा गरियो भने आगामी दिनमा गरिनुपर्ने विभिन्न कार्यक्रमहरू लगायत सामाजिक कार्यहरू विषयमा पनि चर्चा गरियो। सभामा भूतपूर्व सैनिकहरूमा हुनुपर्ने जिम्मेवारी, अनुशासनआर्थिक स्थिति र सामाजिक कार्यहरू विषयमा विशेष रूपमा चर्चा गरियो। सभामा सचिवद्वारा प्रतिवेदन पेश गर्नको साथै कोषाध्यक्षले संस्थाको हिसाबको विवरण पेश गरे। सभामा कारगिल गैर सरकारी संस्थाको पुरानो कमिटी सभाध्यक्षद्वारा विघटन गरिएको घोषणा गरेपछि सभामा नयाँ कमिटी गठन गरियो, जसमा सभापति अर्जुन योञ्जन, उप सभापति हेमराज गुरुङ, सचिव रमेश प्रधान, सह-सचिव डीके लामा, कोषाध्यक्ष मणिकुमार छेत्री, मुख्य सल्लाहकार गणेश तामाङ, कार्यालय सचिव एवम् प्रचार प्रसार सचिव जयराज थापा लगायत 12 जनाको कार्यकारी सदस्यहरू चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *