सिलगढी : इन्डोनेशियाबाट फर्किएर आएपछि सिलगढीमा डाक्टरको चेम्बर चलाइरहेको एकजना डाक्टरविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार गत 19 मार्चको दिन डा. अनुप घोष इन्डोनेशियाबाट आफ्नो घर फर्किआएका थिए। तिनले आज सिलगढीको अस्पतालमोड नजिक चेम्बरमा रोगीहरूको जाँच गरे। यसबारे सिलगढीका सामाजिक कार्यकर्ता तथा स्थानीय मानिसहरूले थाहा पाएपछि तत्कालै उक्त चेम्बरमा गएर डा. घोषलाई होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिए। सामाजिक कार्यकर्ता प्रदीप नन्दीले बताएअनुसार डा. अनुप घोष इन्डोनेशियाबाट फर्किआएपछि आज डाक्टर चेम्बरमा रोगीहरूको जाँच गरे जुन अनुचित रहेको बताए। अर्कोतिर, डा. घोषले यसबारे पत्रकारहरूलाई आफूले हवाईअड्डामा स्क्रिनिङ गर्दा कुनै प्रकारको सङ्क्रमण रोगको लक्षण फेला नपरेकोले गर्दा नै यहाँ आएपछि रोगीहरूको जाँच गरेको बताए। यसको साथै सबै डाक्टरको निजी चेम्बर बन्द गर्नु अति आवश्यक छ किनभने चेम्बरमा धेरैजना रोगीहरू आफ्नो स्वास्थ्य जाँच गराउन आउने गर्दछन्। यसबारे राज्य सरकारले पनि तत्कालै उचित पदक्षेप लिइनुपर्ने तिनले बताए।
विदेशबाट आएपछि रोगीहरूको जाँच गरेको डाक्टरविरुद्ध आरोप

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
