विधायक खगेश्वर रायले राजगञ्जको तालमाहाटमा 12 वटा शेड र दुईवटा सड़कको गरे शिलान्यास

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले राजगञ्जको तालमाहाटमा 12 शेड र दुईवटा सड़कको आज शिलान्यास गरे। तालमाहाटमा कृषि विपणन विभागको वित्तीय सहयोगमा लगभग 1 करोड़ 8 लाख रुपियाँको लागतमा उक्त शेडको निर्माण गरिने साथै बेलाकोवा कलेजपाड़ामा विधायक इलाका विकास परियोजनाबाट लगभग 5 लाख रुपियाँको लागतमा दुईवटा सड़कको निर्माण गरिने भएको छ।


राजगञ्जका विधायकले आज उक्त दुईवटा सड़कको निर्माण कार्यको शिलान्यास गरे। खगेश्वर रायले बताएअनुसार तालमाहाटमा 1 करोड़  8 लाख रुपियाँको लागतमा 12 वटा शेड बनाइने साथै बेलाकोवामा दुईवटा  सड़कको निर्माण कार्यको आज शिलान्यास गरिएको बताए। यसबाट दुवै इलाकामा मानिसहरूलाई निक्कै फाइदा हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *