विद्यार्थीहरूको निम्ति मिड डे मिल-को चामल, आलु वितरण

राजगञ्ज : कोरोना भाइरसको कारण हाल स्कुलहरू बन्द रहे तापनि मिड डे मिलबाट विद्यार्थीहरू वञ्चित नहोस् भन्ने उद्देश्य लिएर राजगञ्जका विभिन्न ठाउँहरूमा विद्यार्थीका अभिभावकहरू प्रत्येकलाई 2 केजी चामल र 2 केजी आलु वितरण गरियो। आज स्कुलको पक्षबाट आठौँ श्रेणीसम्मका विद्यार्थीका अभिभावकहरूलाई उक्त सामग्रीहरू वितरण गरिरहेको छ। प्राप्त जानकारीअनुसार जुनियर एवम् हाई स्कुलमा अध्ययनरत पाँचौँ र छैठौँ श्रेणीका विद्यार्थीहरूको लागि आज बिहान 11 बजीदेखि चामल, आलु वितरण गरियो भने सातौँ र आठौँ श्रेणीका विद्यार्थीको लागि आज अपरान्ह 2 बजीदेखि उक्त सामाग्रीहरू वितरण गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *