बिहारमा तस्करी गरिनु अगावै सिलगढीमा लाखौ रूपियाँको गाँजा उद्धार

सिलगढी: बिहारमा तस्करी गरिनु अगावै सिलगढीमा लाखौ रूपियाँको गाँजा उद्धार गरिएको छ। उक्त घटनामा दुइजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा बिहारका रंजीत कुमार र त्रिपुराका मतीलाल गावला सामेल छन्। पुलिस सूत्र अनुसार झारखण्ड नम्बरको वाहनमा धेरै मात्रामा गाँजा अगरतलाबाट बिहार लगिरहेको गोप्य सूचना पाएर एनजेपी थाना पुलिसले सादा पोशाकमा फूलबारीको गठमाबाडी इलाकामा गत राति अभियान चलाएर वाहनलाई रोकेर छानबिन गरे। छानबिन अवधि वाहनमा लुकाएर राखेको अवस्थामा 43 किलो गाँजा उद्धार गरेको बताइएको छ। उक्त जफत गरिएको गाँजाको अनुमानित बजार मूल्य 5 लाख रूपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *