वीरपाडामा वाहन र डम्पर ठोक्किँदा 3 जनाको मृत्यु, 5 घाइते

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको वीरपाडामा सडक दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने अन्य 5 जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज साँझ वीरपाडाको लङ्कापाडा रोडको दलमोड इलाकामा यात्रीवाहक वाहन र एउटा डम्पर आपस्तमा ठोक्किँदा वाहनमा सवार 3 जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 5 जना गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर वीरपाडा अस्पतालमा लगे तापनि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घटनाको खबर पाएर वीरपाडा थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वारा जिल्ला अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *