विश्व पर्यटन दिवसको अवसरमा विद्यार्थीहरूलाई टोय ट्रेनमा जोइ राइड

सिलगढी : विश्व पर्यटन दिवसको अवसरमा हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कले स्कुलका विद्यार्थीहरूको लागि टोय ट्रेन स्टिम इञ्जिनको माध्यमद्वारा टोय ट्रेनमा रमाइलो यात्राको आयोजना गरेको छ। विद्यार्थीहरूको लागि आज सिलगढीको जङ्क्सन स्टेसनबाट सुकना स्टेसनसम्म जोय राइडको व्यवस्था गरियो। संगठनको तर्फबाट यसभन्दा अघि सिलगढीको बाघाजतीन पार्कबाट एउटा शोभायात्रा निकालेर जङ्क्सन स्टेसन पुगेपछि समापन गरियो। शोभायात्रा समाप्त गरेपछि जङ्क्सन स्टेसनबाट विद्यार्थीहरूलाई टोय ट्रेनमा जोय राइडको लागि लगियो। यसको साथै सुकना स्टेसनमा विविध सांस्कृतिक कार्यक्रम तथा कुइज प्रतियोगिताको पनि आयोजना गरिएको छ। पर्यटन दिवसको अवसरमा विद्यार्थीहरूलाई मनोरञ्जन तथा स्टिम इञ्जिनको माध्यमद्वारा टोय ट्रेनको सवारीको अनुभव गराउनको लागि उक्त पहल गरिएको बताइएको छ। यस अवसरमा सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, संगठनका सचिव सम्राट सान्याल, चिफ एडभाइजर राज बसु लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *