विश्व पर्यटन दिवसको अवसरमा आज सिलगढीको टाउन स्टेशनले गुमाएको गौरवलाई पुन: फिर्ता ल्याउने प्रयास

सिलगढी: सिलगढी टाउन स्टेशन शहरको सबैभन्दा पुरानो स्टेशनहरू मध्ये एक हो। महात्मा गाँधी, रवीन्द्रनाथ टेगोर, मदर टेरेसा लगायत अन्य केही विशिष्ट व्याक्तिहरूले यस स्टेशनको परिभ्रमण गरिसकेका छन्। तर समय बित्दै जाँदा हाल स्टेशनको हालत खुबै दयनीय अवस्थामा पुगेको छ। विश्व पर्यटन दिवसको अवसरमा आज स्टेशनले गुमाएको गौरवलाई पुन: फिर्ता ल्याउने प्रयास गरियो। शहरको हितमा एसोसिएशन अफ कञ्जर्वेशन एण्ड टुरिज्मका सदस्यहरूले आज शहरका नागरिकहरूसित यस स्टेशनको गौरवलाई एकपल्ट पुन: फर्काइल्याउने अपिल गरे। आज विश्व पर्यटन दिवसको अवसरमा संस्थाको तर्फबाट सिलगढी टाउन स्टेशनमा एउटा कार्यक्रमको आयोजना गरियो। आज प्रदर्शनी, चित्राङ्कन सहित अन्य सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो। यस अवसरमा सिलगढी नगर निगमका प्रशासक गौतम देव पनि प्रमुख रूपमा उपस्थित थिए। यस अवधि गौतम देवले भने, गत केही वर्ष अघिदेखि नै स्टेशनको अवस्था जर्जर रहेको छ। विशेष रख-रखावको लागि यहाँ कुनै सुविधा गरिएको छैन। यस स्टेशनमा विगत धेरै वर्ष अघि ठुला-ठुला हस्तीहरू आएका थिए। स्टेशनको रख-रखाव ठीक नभएकोले गर्दा नै अहिले स्टेशनको यो हालत बन्न पुगेको हो।


अर्कोतिर, एसोसिएशन अफ कञ्जर्वेशन एण्ड टुरिज्मको तर्फबाट राज बसुले भने, सिलगढी टाउन स्टेशनमा धेरैजना महान हस्तीहरूले परिभ्रमण गरिसकेका छन्। कुनै समय यहींबाट टोय ट्रेन चल्थ्यो तर अब यो स्टेशन जर्जर अवस्थामा पुगिसकेको छ। यसैले यस स्टेशनलाई पर्यटन अनि शहरको गौरवको रूपमा पुन: फर्काइल्याउन आज यहाँ विशेष कार्यक्रमको आयोजना गरिएको हो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *