विविध मागमा सीपीआईएमएल कानु सन्याल संगठन-द्वारा र्‍याली तथा पथसभा

सिलगढी : विविध मागलाई लिएर सीपीआईएमएल कानु सन्याल संगठनले आज एउटा र्‍याली निकाल्नको साथै पथसभाको पनि आयोजना गर्यो। उक्त र्‍याली नक्सलबारी पानीघट्टा मोडबाट नक्सलबारी बजार हुँदै नक्सलबारी बस स्ट्यान्डमा पुगेर पथसभामा परिणत भयो। उक्त सभामा संगठनका नेतृत्वहरूले अत्याधिक मूल्य वृद्धि, बेरोजगारी समस्या समाधान, नयाँ केन्द्रीय श्रम बिल आदिबारे क्षोभ प्रकट गरे। यस विषयमा सीपीआईएमएल नेतृत्व दीपु हलदारले भने, शिक्षक नियुक्ति घोटालामा पक्राउ परेका मन्त्रीहरूदेखि लिएर कर्मचारीहरूलाई कठोर सजाय, ईडी र सीबीआई अनुसन्धानमा केन्द्र राज्यको तनाउलाई पर सारेर दोषीहरूलाई उचित सजाय दिनुपर्छ। यसको साथै शिक्षक पद लगायत राज्यको सबै पदमा योग्य व्यक्तिलाई नियुक्त गरिनुपर्ने माग पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *