विभिन्न मागलाई लिएर तृणमूलद्वारा कमिश्नरलाई ज्ञापन

सिलगढी :  विभिन्न मागहरूलाई लिएर सिलगढी नगरनिगमको 42 नम्बर वार्ड तृणमूल कांग्रेसले सिलगढी नगरनिगमका कमिश्नरसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उक्त ज्ञापन पत्रमा सड़कको मरम्मती, पिउने पानीलगायत विविध समस्याहरू उल्लेख गरिएको छ। आज तृणमूल कांग्रेसका वार्ड अध्यक्ष जितेन पालको नेतृत्वमा एउटा पदयात्राको पनि आयोजना गरियो। यसपछि पार्टीका प्रतिनिधि टोलीले सिलगढी नगरनिगमका कमिश्नर सोनम वाङ्ग्दी भुटियासँग भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *