विभिन्न मागलाई लिएर भाजपाद्वारा सिलगढी महकुमाशासक कार्यालय अघि धरना प्रदर्शन

सिलगढी : भाजपाले कोरोनाको भ्याक्सिनमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै सिलगढी महकुमाशासक कार्यालय अघि धरना प्रदर्शन गर्यो। भाजपा सिलगढी सांगठनिक जिल्लाका नेता तथा कार्यकर्ताहरूले आज हातमा प्ला कार्ड बोकेर कोरोनाको नकली टीकाकरण शिविरहरू बन्द गर्ने तथा नकली टीकाकरण काण्डका आरोपी देवाञ्जन देवसित संलग्न रहेका अधिकारीहरूलाई सजाय दिइनुपर्ने  माग गरेका छन्। भाजपा सिलगढी सांगठनिक जिल्लाका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शनपछि विभिन्न मागलाई लिएर सिलगढी महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। सिलगढीका भाजपा विधायक शंकर घोषले राज्यभरिमै कोरोनाको भ्याक्सिनलाई लिएर भ्रष्टाचार भइरहेकोले पार्टीको तर्फबाट यसको विरोधमा प्रत्येक जिल्लामा विभिन्न कार्यक्रमहरू चलाइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *