बक्साको जंगलमा फेरि छोड्यो चीतल हरिणहरू

अलीपुरद्वार (निसं): बाघहरूका लागि भोजन सुनिश्चित गर्न वन विभागको पहलमा चीतल हरिणहरू फेरि बक्सा बाघ जंगलमा छोडिदिएको छ। प्राप्त जानकारी अनुसार डुवर्सको बक्सा बाघ परियोजनाका वन कर्मीहरू अनि पशु चिकित्सकहरूको उपस्थितिमा शनिवार राति चीतल हरिणहरू जंगलमा छोडियो। वन विभाग सूत्रले दिएको जानकारी अनुसार यस अवधि वन विभागले लगभग 90 वटा हरिण जंलमा छोडिदिएको छ। यी हरिणहरू वर्द्धवान जिल्लाको रमना बगान वन्यजीव अभयारण्यबाट ल्याइएको हो भने बाघहरूको लागि मनपर्ने भोजन चीतल हरिण जंगलमा छोडिदिएको छ।   


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *