बस चालक तथा मालिकहरूद्वारा सिलगढीमा विक्षोभ

सिलगढी : कोरोना संक्रमणमलाई रोकथाम गर्न राज्यमा जारी आंशिक लकडाउनले गर्दा परिवहन व्यवसायमा निक्कै प्रभाव परेको छ। यसको साथै पेट्रोल-डीजलको मूल्यमा लगातार वृद्धिले गर्दा बस चालक तथा मालिकहरू समस्यामा परेका छन्। यसैले आज सिलगढीको तेन्जिङ नोर्गे बस स्ट्यान्ड लगायत राज्यका विभिन्न बस स्ट्यान्डमा बस चालक तथा मालिकहरूले मौन विक्षोभ प्रदर्शन गरे। यस अवधि तिनीहरूले राज्य सरकारलाई बसको भाडा वृद्धि गरिदिने लगायत अन्य विविध माग गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *