बीवाईसी नेपाल विरूद्ध रोयल एफसी सिलगढ़ीको आरामदायक जीत

सिलगढी : रोयल एफसी सिलगढ़ीले आज बीवाईसी नेपालको टोलीलाई सहजै जीत हासिल गऱ्यो। मधुर मिलन संघ, मिलनमोड़ सिलगढीको सफल आयोजनामा सम्पन्न भइरहेको सातौं फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत आज बिहिवारको खेल रोयल एफसी सिलगढ़ी बनाम बीवाईसी नेपालमाझ जम्का भेट भयो। निर्धारित समयसम्मको खेलमा रोयल एफसी-का खेलाड़ीहरूले 3-0 गोल गरेर बीवाईसी नेपाललाई आरामदायक जीत हासिल गऱ्यो। खेल शुरू भएको 25औ मिनटमा राहुल रायले पहिलो गोल गरेर आफ्नो टोलीलाई बढत दिलाए भने यसको लगत्तै दुई मिनटपछि 27औ मिनटमा अनि फेरि 42 औ मिनटमा ईन्द्रजीत छेत्रीले लगातार दुई गोल गरे।


आजको खेलमा बीवाईसी नेपालका खेलाड़ीहरूलाई रोयल एफसीसामु असहाय देखियो, जसको फलस्वरूप 3-0 गोलको अन्तरले सहजै पराजित भयो। आजको खेलमा जोड़ी गोल गर्ने तथा राम्रो खेलको प्रदर्शन गरेर दर्शकवर्गलाई खुबै मनोरञ्जन गराउने रोयल एफसी-का खेलाड़ी ईन्द्रजीत छेत्रीलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *