सीएए-बारे 23 नम्बर वार्डका मानिसहरूलाई जागरूक गराए सांसद विष्टले

सिलगढी : सीएए-बारे साधारण मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर दार्जिलिङका भाजपा सांसद राजु विष्टले आज बिहान सिलगढीको 23 नम्बर वार्डको परिभ्रमण गरे। यसभन्दा अघि तिनले डाबग्राम र सूर्यनगर इलाकाको परिभ्रमण गरेर त्यहाँका मानिसहरूलाई सीएए-बारे जानकारी गराए। मुख्यमन्त्री ममता ब्यानर्जीले सीएए र एनआरसी-लाई लिएर मानिसहरूमा आतङ्क फैलाइरहेको साथै 2021 मा सीएए लागू भएर राज्य सरकारको सत्ता नरहने डरको कारण यसलाई लिएर मानिसहरूमा गलत प्रचार फैलाइरहेको तिनले आरोप लगाए। तिनले केन्द्र सरकारको एनआरसी कानुन सटीक रहेको बताउँदै पश्चिम बंगालमा यो कानुन अहिले नै शुरू नगरिने तिनले बताए। तिनले आज साधारण मानिसहरूलाई सीएए-बारे जानकारी गराउनको साथै मानिसहरूको अन्य असुविधालगायत अभियोगबारे पनि चर्चा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/