सीएए, एनआरसी र एनपीआर-को विरोधमा तृणमूलको धरना प्रदर्शनी

इस्लामपुर : सीएए, एनआरसी र एनपीआर-को विरोधमा तृणमूल कांग्रेसले इस्लामपुर र ग्वालपोखरमा धरना प्रदर्शनी गरे। ग्वालपोखर 1 नम्बर ब्लक तृणमूल कांग्रेस अध्यक्ष गोलाम रसुलले राज्य सरकारको पञ्चायत र ग्रामोन्नयन राज्य मन्त्री गोलाम रब्बानीको उपस्थितिमा संगठनका कार्यकर्ताहरूलगायत समर्थकहरूले यसको प्रतिवाद जनाए। लगभग साढ़े तीन घण्टासम्म चलेको उक्त धरनामा 20 हजार मानिसहरू सामेल थिए। अर्कोतिर, इस्लामपुरको रामगञ्जमा पनि धरना प्रदर्शनी गरियो। उक्त धरना प्रदर्शनी तृणमूल कांग्रेस अध्यक्ष तथा इस्लामपुर नगरपालिकाका चेयरम्यान कन्हैयालाल अग्रवालको नेतृत्वमा गरिएको थियो। उक्त प्रदर्शनी एक हप्तासम्म चल्ने इस्लामपुर ब्लक तृणमूल कांग्रेसका अध्यक्ष जाकिर हुसेनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *