कोलकातामा आयोजित विद्यार्थी युवा महोत्सवका विजेताहरूलाई जीटीए-द्वारा संवर्द्धना

दार्जिलिङ : कोलकातामा आयोजित राज्य स्तरीय विद्यार्थी युवा महोत्सव 2023-24–मा अंश ग्रहण गरेर विजयी बनेका विद्यार्थीहरूलाई दार्जिलिङको लालकोठीमा एउटा कार्यक्रमबीच संवर्द्धना जनाइयो। कार्यक्रममा सभासद कल्पना प्रधान अनि खेलकुद विभागका एक्जिक्युटिभ डाइरेक्टर अरिजित मित्रले ती विद्यार्थीहरूलाई खादा लगाई दिएर साथै स्मृति चिन्ह प्रदान गरेर संवर्द्धना जनाए।


एकल लोक नृत्यमा रञ्जिता थापाले प्रथम पुरस्कार हासिल गरिन् भने सामूहिक ट्राइबल नृत्यमा 20 जनाको समूह रहेको थियो। स्मरण रहोस्, गत 23 र 24 फरवरीको दिन कोलकातामा आयोजित राज्य स्तरीय विद्यार्थी युवा महोत्सव 2023-24 -मा जीटीएलाई प्रतिनिधित्व गर्दै क्षेत्रका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *