सिलगढी (निसं): इन्डो-बङ्ग्लादेश बर्डर सिलगढी भएर कोलकातामा 5 करोड रुपियाँको सुन तस्करी गर्ने योजनालाई सिलगढी डीआरआई युनिटको टीमले विफल गरिदिएको छ। घटनामा 5 जनलाई तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा सञ्जु प्रमाणिक, मिजानुर प्रमाणिक, रफिकुल इस्लाम, इस्माइल हक र मतिउर रहमान सामेल छन्। तिनीहरू सबै कुचबिहार निवासी हुन्। डीआरआई सूत्रले दिएको जानकारी अनुसार कुचबिहारबाट सुन कोलकाता तस्करी गर्ने योजना रहेको थियो। यसको लागि तस्करहरूले ग्रुप बनाएको थियो। पहिलो ग्रुपमा सञ्जु प्रमाणिक, मिजानुर प्रमाणिक र रफिकुल इस्लाम सामेल थिए। इस्माइल हक र मतिउर रहमान अलग-अलग बाटो भएर निस्केको सिलगढी डीआरआई युनिटको टीमले थाहा पाएपछि सबैभन्दा पहिला पुन्डिबारीमा अभियान चलाएर एउटा बसबाट सञ्जु प्रमाणिक, मिजानुर प्रमाणिक र रफिकुल इस्लामलाई पक्राउ गरेर छानबीन गर्दा 43 पीस सुनको बिस्कुट उद्धार गरेको छ। डीआरआईको टीमले तिनीहरूसित सोधखोज गर्दा हाँसीमारा दलगाउँ रेलवे स्टेशनमा रोकेर राखेको कञ्चनकन्या ट्रेनबाट उक्त दलको चौथो सदस्य इस्माइल हकलाई पक्राउ गरेर छानबीन गर्दा 15 पीस सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। यसपछि अलिपुरद्वार रेलवे स्टेशनबाट पदातिक एक्सप्रेस ट्रेनबाट पाँचौँ सदस्य मतिउर रहमानलाई पक्राउ गरेपछि छानबीन 14 पीस सुनको बिस्कुट उद्धार गरेको छ। डीआरआईले तस्करहरूबाट मोठ 72 पीस सुनको बिस्कुट जफत गरेको छ। उद्धार गरेको सुनको मोठ ओजन 8 किलोभन्दा अधिक छ भने यसको अनुमानित बजार मूल्य लगभग 5 करोड रुपियाँ तोकेको छ। डीआरआईले आज 5 जना तस्करलाई सिलगढी अदालतमा पेश गरेपछि न्यायाधीशले 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।
कोलकातामा तस्कर गर्न अगावै डीआरआई-द्वारा 5 करोड रुपियाँको सुन उद्धार, 5 पक्राउ

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
