क्यान्सरले पीडित स्वास्नीको उपचारको लागि लोग्नेद्वारा सहयोगको गुहार

सिलगढी : सिलगढी नगरनिगमको 33 नम्बर वार्ड अन्तर्गत सूर्यसेन कोलनीको डी ब्लक निवासी रतन पालको स्वास्नी शिवानी पाल प्यान्क्रियाज क्यान्सरले ग्रसित छन्। यसैबीच तिनको लोग्नेले स्वास्नीको उपचारको लागि सहयोग गर्ने सबैसित गुहार लगाएका छन्। गत दिसम्बर 2022-मा शिवानी पाल अचानक बिमार भएपछि तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि डाक्टरहरूले तिनलाई बाहिर लैजाने सुझाउ दिएका थिए। यसपछि रतन पालले आफ्नी स्वास्नीलाई अन्य राज्यमा लगेर उपचार गराउँदा तिनलाई प्यान्क्रियाज क्यान्सर रहेको थाहा पाए। त्यहाँ उपचार गरेपछि आर्थिक अभावले गर्दा परिवारका सदस्यहरूले तिनलाई सिलगढी लिएर आए। केही समयसम्म स्वास्थ्य साथी कार्डको माध्यमद्वारा सिलगढीमा  तिनको उपचार चले तापनि रुपियाँको अभावले गर्दा हाल शिवानी पालको उपचार बन्द रहेको छ। रतन पालले एउटा दोकानमा मोमो, चाउमिन बेचेर परिवार चलाइरहेका छन्। तिनको परिवारमा चारजना सदस्य छन्। हाल स्वास्नी अस्वस्थ्य रहेकोले दोकान पनि बन्द रहेको छ। आर्थिक अभावले गर्दा तिनले स्वास्नीको उपचार गर्न सकिरहेका छैनन्। यसैले रतन पालले स्वास्नीको उपचारको लागि सहयोग गर्ने सबैसित अपील गरेका छन्। तिनको सहयोग गर्न चाहने महानुभवहरूले 9832490752 नम्बरमा सम्पर्क गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş