क्यान्सर सम्बन्धी सचेतनता शिविरको आयोजना गरिने

सिलगढी : क्यान्सर सम्बन्धी महिलाहरूलाई जागरूक गराउने उद्देश्य लिएर आज साँझ एउटा गैर सरकारी अस्पतालको तर्फबाट सचेतनता शिविरको आयोजना गरिने भएको छ। उक्त शिविरमा क्यान्सरको प्राथमिक लक्षण एवम् प्राणघातक रोगबाट कसरी निजात पाउन सकिन्छ भन्नेबारे महिलाहरूलाई सचेतन गराइने छ। डाक्टरहरूले बताएअनुसार क्यान्सरको प्राथमिक लक्षण देखापरे यसबाट निजात पाउन सकिन्छ। तर धेरैजसो मानिसहरूलाई यसबारे ज्ञान नभएकोले गर्दा नै उक्त शिविरको माध्यमद्वारा महिलाहरूलाई जागरूक गराउने तिनीहरूले बताए। विशेष गरेर ब्रेस्ट क्यान्सर, गर्भाशयमा क्यान्सरसँग महिलाहरू जुझिरहेका छन्। यसैले आज साँझ सिलगढी बालाजी हेल्थकेयरमा उक्त सचेतनता शिविरको आयोजना गरिएको साथै आवश्यक परेको खण्डमा निःशुल्क केही परीक्षा गरिने पत्रकार सम्मेलनमार्फत् तिनीहरूले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *