चितुवाको छालासहित एकजना तस्कर पक्राउ

जलपाईगढी : जलपाईगढी गोरूमारा वन्यप्राणी विभागका कर्मचारीहरूले चितुवाको छाला तस्कर गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मटेली चियाकमानको फ्याक्ट्री लाइन निवासी अमर चन्द्र उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार वन विभागका कर्मचारीहरूले गोप्य सूचनाको आधारमा चालसा इलाकामा अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिबाट वन कर्माचारीहरूले लगभग 3.75 मिटर लामो चितुवाको छाला उद्धार गरेको छ। जलपाईगढी गोरूमारा वन्यप्राणी विभागको साउथ रेञ्जका रेञ्जर अयन चक्रवर्तीले बताएअनुसार आरोपी व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरेर 10 दिनको लागि वन विभागको हिरासतमा पठाएको छ। उक्त घटनामा अन्य व्यक्तिहरू संलग्न रहेको हुन सक्ने आशंकामा आरोपी व्यक्तिसित सोधखोज गर्नको साथै चितुवाको छाला फोरेन्सिक जाँचको लागि पठाउने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *