चिया श्रमिकहरूको विभिन्न समस्याबारे सिलगढ़ीमा विचार गोष्ठी

सिलगढ़ी: सिलगढी जंक्शनस्थित एसजेडीए भवनमा आज एउटा विचार गोष्ठीको आयोजना गरियो। उक्त गोष्ठीमा केन्द्र तथा राज्यका प्रतिनिधिहरूले चिया कमानका श्रमिक यूनियन अनि कमान प्रबन्धनहरूसित विभिन्न विषयमा चर्चा गरे। यस विचार गोष्ठीमा अलीपुरद्वारका सांसद जोन बारला, राज्यसभा सांसद दोला सेन, क्षेत्रीय भविष्य निधि आयुक्त जोन-2 हंसराज राय, जलपाइगढ़ी पीएफ कमिश्नर जोन-1 बी लालजामङ्ग, पश्चिम बंगालको पीएफ कमिश्नर एसके साङ्मग, श्रम एवं रोजगार मन्त्रालयका मन्त्री दिलीप भट्टाचार्य आदि उपस्थित थिए। विचार गोष्ठीमा विशेष गरेर श्रमिकहरूको समस्या जस्तै पीएफ, ईएसआई-को समस्या बारेमा व्यापक चर्चा गरियो। यस अवधि श्रमिकहरूले अफ् लाइनको माध्यमद्वारा नै पीएफ सम्बन्धी कार्य गर्न सुविधा हुने बताए। गोष्ठी पछि अलीपुरद्वारका सांसद जोन बारलाले श्रमिकहरूको पीएफ सम्बन्धी समस्याको समाधान गर्न छानबीन गर्ने निर्देश जलपाइगढ़ी पीएफ कमिश्नर जोन-1 बी लालजामंग, पश्चिम बंगालको पीएफ कमिश्नर एसके साङ्मगलाई दिएको बताए। यसैगरी, राज्यसभा सांसद दोला सेनले श्रमिकहरूको विविध समस्याहरूको समाधान गर्न आज भएको चर्चाको सबै मुद्दाबारे संसदको सदनमा उठाउने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *