चोरी गरेको समानसहित युवक पक्राउ

जलपाईगढी : जलपाईगढी कोतवाली थाना पुलिसले चोरी गरेको हिराको औँठी, सुनको चेन र नगद राशिसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सोमनाथ दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार केही दिनअघि सहरको न्यु सर्कुलर रोडस्थित एउटा घरबाट 20 हजार रुपियाँ नगद राशि, हिराको औँठी र सुनको चेन चोरी भएको थियो भने घर मालिकले घटनाबारे कोतवाली थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आज बिहान जलपाईगढीको 2 नम्बर घुमटी इलाकाबाट सोमनाथ दासलाई पक्राउ गर्नको साथै चोरी गरेको सुनको चेन, हिराको औँठी लगायत नगद 10 हजार रुपियाँ उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी युवकविरुद्ध थानामा अगावै असामाजिक गतिविधिमा संलग्न रहेको आरोप दर्ता गरिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *