चुनाउ प्रचार स्थगित गरेर सिलगढीको 27 नम्बर वार्डका वाम प्रार्थी सुदीप भट्टाचार्यले गराए इलाकामा सेनिटाइज

सिलगढी : सिलगढी नगरनिगम चुनाउका वाम प्रार्थी सुदीप भट्टाचार्यले आज  27 नम्बर वार्डको घर-घरमा गएर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले इलाकाको बहुतले भवन निवासी कोरोना संक्रमित भएको थाहा पाएपछि चुनाउ प्रचार स्थगित गरेर रेड भोलेन्टियरको सहयोगमा इलाकामा सेनिटाइज गराए। यस अवसरमा वाम प्रार्थी सुदीप भट्टाचार्यले भने, चुनाउ प्रचार अवधि इलाकाको एउटा फ्ल्याटका एकजना निवासी कोरोना संक्रमित भएको थाहा पाएपछि आफ्नो कर्तव्य ठानेर चुनाउ स्थगित गरेर पहिला उक्त इलाकामा सेनिटाइज गरेको बताए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *