सिभिक भोलिन्टियरको मोबाइल छिनताई गर्ने युवक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको एनजेपी थाना अन्तर्गत पर्ने शक्तिगढ इलाकामा एकजना सिभिक भोलिन्टियरको मोबाइल छिनताई गरेको घटनामा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक नीचपाडा झङ्कार मोड इलाका निवासी मोहम्मद आजादको रूपमा चिन्हित गरिएको छ। पुलिसले आरोपी मोहम्मदसँग केरकार गर्दा तिनले छिनताई गरेको उक्त मोबाइल एकजना युवकलाई बिक्री गरिसकेको बताइएको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.