सिलगढी, 10 मई: सामाजिक सञ्जाल र डेटिङ एपहरूमा आफूलाई को-पायलट अर्थात सह-पायलट भनेर चिनाउँदै लगभग 300 युवतीलाई झुक्याएर लाखौँ रुपियाँ ठगी गर्ने एकजना व्यक्तिलाई सिलगढी मेडिकल आउट पोस्ट पुलिसले पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम हेमन्त शर्मा हो, उनी सिक्किमको पाकयोंगका वासिन्दा बताइएको छ।
पुलिस सूत्र अनुसार हेमन्त शर्माले आर्टिफिसियल इन्टेलिजेन्स, (एआई) को प्रयोग गरेर आफ्ना फोटोहरूलाई को-पायलटको पोशाकमा एडिट गर्थे र आफूलाई एयरलाइन्सको सह-पायलटको रूपमा प्रस्तुत गर्थे। यस नकली पहिचानमार्फत उनले डेटिङ एपहरू र इन्स्टाग्राममा युवतीहरूसँग सम्पर्क गर्थे र उनीहरूलाई फँसाएर आर्थिक ठगी गर्थे।
जाँचमा थाहा लागे अनुसार हेमन्त शर्मा पहिला बेंगलुरु विमानस्थलमा ग्राउन्ड स्टाफको रूपमा काम गर्थे। पछि उनले आफूलाई पायलट भन्न थाले। हालै उनले उत्तर बंगाल मेडिकल कलेजकी एकजना नर्ससँग झुटो सम्बन्ध बनाएर सून समेत ठगी गरेका थिए।
यो ठगीपछि पीडित नर्सले पुलिसमा अभियोग दर्ता गरेपछि जाँचमा जुटेको पुलिसले 6 मईमा हेमन्त शर्मालाई सिलगढीको शिव मन्दिर नजिक दुर्गा मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो। अदालतमा पेश गरेपछि उनलाई तीन दिनको पुलिस रिमाण्डमा राखेर सोधखोज गरिएको थियो। सोधखोज अवधि उनले नर्ससँग 4 ग्राम सुन ठगी गरेको कुरा स्वीकारेका थिए, जुन पुलिसले उद्धार गरेको छ।
पुलिसको जाँच पछि हेमन्त शर्माले हालसम्म एयर होस्टेसहरू लगायत अन्य 300 भन्दा अधिक युवतीसँग ठगी गरिसकेका छन्। आज तीन दिनको रिमाण्ड सकिएपछि उनलाई पुनः सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले हाल घटनाको विस्तृत जाँच गरिरहेको छ।
को-पायलटको रूपमा परिचय दिएर 300 युवतीलाई ठगी गर्ने हेमन्त शर्मा पक्राउ

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
