कुचबिहार जिल्ला छात्र युवा उत्सव शुरू

कुचबिहार: कुचबिहार जिल्ला छात्र युवा उत्सव यहाँको अडिटोरियम हलमा सोमवारदेखि आरम्भ भयो। उक्त कार्यक्रमको उद्घाटन कुचबिहार जिल्ला परिषद सभाधिपति उमा कान्त बर्मनले गरे। यस उद्घाटन कार्यक्रममा जिल्ला शासक पवन कादियान, भूतपूर्व सांसद पार्थ प्रतिम राय पनि प्रमुख रूपमा उपस्थित थिए। जिल्लाको विभिन्न ठाउँहरूबाट आएका प्रतियोगीहरूले विविध स्तरका प्रतियोगितामा अंश ग्रहण गरे। आजको जिल्ला स्तरीय विभिन्न प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने प्रतियोगीहरूले आगामी हुने राज्य स्तरको प्रतियोगितामा अंश ग्रहण गर्ने मौका पाउने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *