कुचबिहारको माथाभाङ्गा कलेज मोडमा एम्बुलेन्सको धक्का लागेर 3 जना घाइते

कुचबिहार: कुचबिहारको माथाभाङ्गा कलेज मोडमा एम्बुलेन्सको धक्का लागेर 3 जना घाइते भएको छ। प्राप्त जानकारी अनुसार तीव्र गतिमा आइरहेको एउटा एम्बुलेन्सले सर्वप्रथम यात्री बोकेको टोटोलाई धक्का दिएपछि सडक किनारमा रोकेर राखेको एउटा भ्यानलाई धक्का दियो। यसपछि उक्त एम्बुलेन्सले कुचबिहारगामी एउटा सरकारी बसलाई पनि धक्का दिँदा टोटोमा सवार 2 जना यात्री लगायत भ्यानमा सवार 1 जना घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर माथाभाङ्गा महकुमा अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुगेर उक्त एम्बुलेन्सलाई उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *