कुचबिहारमा बाइसनको हमलामा 2 जना घाइते

कुचबिहार : कुचबिहारको सुटकाबारी ग्राम पञ्चायतको घाटपार बेलभाङ्गा इलाकामा बाइसनको हमलामा दुईजना व्यक्ति घाइते भएका छन्। यसको साथै 3 वटा गाईको बाछा पनि घाइते भएको बताइएको छ। घटनाको खबर पाएर टापुर हाट आउटपोस्ट पुलिस र वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगे। वन कर्मीहरूले उक्त बाइसनहरूलाई उद्धार गर्ने प्रयास गरिरहेको छ। स्थानीय मानिसहरूले बताएअनुसार आज बिहानैदेखि केही बाइसनहरू उक्त इलाकामा घुमफिर गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *