कुचबिहार : कुचबिहारको 4 नम्बर वार्डमा आज बिहानै एकजना व्यवसायीलाई गोली हानेर हत्या गरेको घटनाले इलाकामा सनसनी मच्चियो। मृतक व्यवसायी प्रान्तेश साहाको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान दुईजना युवक नम्बरप्लेट विहीन बाइकमा सवार भएर उक्त इलाकामा आएर प्रान्तेश साहालाई गोली हानेर त्यहाँबाट चम्पट कसेको बताइएको छ। यसपछि घाइते अवस्थामा प्रान्तेशलाई उद्धार गरेर कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले मृत घोषित गरिदिए। उक्त घटनासित राजनैतिक सम्बन्ध छ अथवा छैन भन्नेबारे हालसम्म थाहा लागेको छैन। अर्कोतिर, उक्त घटनाले गर्दा इलाकामा उतप्तको माहौल सृजना भएको छ। घटनाको विरोध जनाउँदै इलाकावासीहरूले टायर जलाएर सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगे तापनि प्रदर्शनकारीहरूले पुलिसलाई लक्ष्य गरेर ढुङ्गाले प्रहार गरेको आरोप रहेको छ। यसपछि परिस्थिति नियन्त्रणमा ल्याउनको लागि पुलिसले आँशु ग्यास छोड्नको साथै घटनामा केही मानिसहरूलाई हिरासतमा लिएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
कुचबिहारमा व्यवसायीलाई गोली हानेर हत्या, टायर जलाएर स्थानीयहरूद्वारा विक्षोभ

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
