कुचबिहारमा दुईदिने ब्याङ्क हड़तालको प्रभाव

कुचबिहार : सम्पूर्ण देशसहित कुचबिहारमा पनि ब्याङ्क कर्मचारी युनियनले दुईदिने ब्याङ्क हड़तालको आह्वान गरेको छ। कुचबिहारमा पनि सबै ब्याङ्कहरू आज बिहानैदेखि बन्द रहेको छ। ब्याङ्कका केही कर्मचारीहरू ब्याङ्कको अघिल्तिर भेला भएर ब्याङ्क हड़तालको समर्थन गरिरहेको देखियो। ब्याङ्कको साथै एटीएम पनि बन्द अवस्थामा रहेकोले गर्दा मानिसहरूले धेरै समस्याको सामना गर्नु परिरहेको छ। प्राप्त जानकारी अनुसार ब्याङ्क कर्मचारीहरूको समस्याबारे 12 सूत्री मागलाई लिएर उक्त दुईदिने बन्द बोलाइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *