कुचबिहारमा मतगणना अवधि ब्यालेट बक्समा पानी र स्याही छड्केको तृणमूल प्रार्थीविरुद्ध आरोप

कुचबिहार: पञ्चायत चुनाउको परिणामको दिन पनि कुचबिहार एकपल्ट फेरि चर्चामा छाएको छ। पानी र स्याही छड्केर ब्यालेट बक्स खराब गरेको तृणमूल उम्मेद्वारविरुद्ध आरोप उठेको छ। उक्त घटना कुचबिहार 1 नम्बर ब्लक अन्तर्गत महाराजा नृपेन्द्र नारायण हाई स्कुलको मतगणना केन्द्रमा घटेको हो। प्राप्त जानकारी अनुसार कुचबिहार दक्षिण विधानसभाको 4/41 नम्बर बुथमा मतगणना चलिरहेको थियो। मतगणनामा भाजपा अघि बढिरहेको थियो। त्यस समय तृणमूल महिला उम्मेद्वार रिङ्कु राय राजभर अचानक काउन्टिङ सेन्टरमा पसेर ब्यालेट बक्समा पानी र स्याही छर्किदिइन्। उक्त घटनाले गर्दा इलाकाको माहौल गर्मियो। उक्त घटनापछि स्थिति नियन्त्रणमा ल्याउनको गि केन्द्रीय बल र पुलिस तैनाथ गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *