कुचबिहारमा निर्माणाधीन घरबाट झुन्डिएको अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार

कुचबिहार: कुचबिहार सहरमा निर्माणाधीन घरबाट झुन्डिएको अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान कुचबिहार जिल्ला परिषदको विपरीततर्फ एउटा निर्माणाधीन घरबाट झुन्डिएको अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार भएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलम पुगेर शव उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त व्यक्ति त्यहाँ कसरी आइपुग्यो भन्ने विषयमा सन्देह लागेको छ। व्यक्तिको पकेटबाट आधार कार्ड उद्धार भएको छ। आधार कार्ड अनुसार व्यक्ति असम निवासी रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *