कुचबिहारमा रक्तदान शिविर

कुचबिहार : कुचबिहार जिल्ला क्रीड़ा संस्थाको तर्फबाट सीएबी-को 92 औँ स्थापना दिवसको उपलक्ष्यमा आज रक्तदान शिविरको आयोजना गरियो। अस्पतालमा रगतको कमीलाई ध्यानमा राखेर नै आज उक्त रक्तदान शिविरको आयोजना गरिएको संस्थाका सदस्य शङ्कर चक्रवर्तीले बताए। कुचबिहारको नेताजी सुभाष इन्डोर स्टेडियम परिसरमा आयोजना गरिएको उक्त  रक्तदान शिविरमा क्रीड़ा संस्थाका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *