सिलगढी: सिलगढीको हैदरपाडामा एकजना व्यक्तिको म्यासेज फोनमार्फत् कोरोना टेस्ट पोजेटिभ आएको खबर सुनेपछि स्वास्नीले तिनलाई घरबाट निकालिदिएको अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार उक्त व्यक्तिले केही दिनअघि स्वाब टेस्ट गरेका थिए भने गत बुधबार साँझ फोनमार्फत् तिनी कोरोना संक्रमित भएको म्यासेज आएपछि तिनले यसबारे आफ्नी स्वास्नीलाई जनाएपछि स्वास्नीले तिनलाई घरबाट निकालिदिएको बताइएको छ। उक्त व्यक्तिको इस्टर्न बाइपास संलग्न दक्षिण एकटियाशालमा एउटा घर रहेकोले तिनले त्यहीँ होम क्वारेन्टाइनमा बस्ने विचार गरेका थिए तर त्यहाँका मानिसहरूलाई पनि तिनको स्वास्नीले आफ्नो लोग्ने कोरोना संक्रमित भएकोबारे जनाइदिएपछि त्यहाँ पनि बस्न नदिएपछि तिनी घण्टौँसम्म सडकमै बसिरहे। अर्कोतिर, केही इलाकावासीहरूले उक्त व्यक्तिलाई इलाकामा बस्न नदिने माग गर्दै इस्टर्न बाइपास रोड अवरोध गरेर विरोध प्रदर्शन गरे। यसको साथै उक्त रोड भएर आवतजावत गर्ने ट्रकहरू समेत रोकिदिए। यसपछि घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर स्वास्थ्य विभागसँग सम्पर्क गरेर एम्बुलेन्समार्फत् उक्त व्यक्तिलाई कोभिड अस्पतालमा पठाइयो। स्थानीय मानिसहरूको अभियोग अनुसार उक्त व्यक्ति इस्टर्न बाइपास इलाकामा नबसेर अन्यत्र भाडाको घरमा बस्दै आइरहेको साथै तिनी यहाँ आएपछि आफूहरूले अस्पताल जाने आग्रह गर्दा तिनी नमानेपछि प्रशासनले यसको उचित व्यवस्था मिलाओस् भन्ने उद्देश्य लिएर आफूहरूले पथ अवरोध गरेर विरोध प्रदर्शनी गरेको स्थानीय मानिसहरूले बताए।
कोरोना संक्रमित लोग्नेलाई घरबाट निकालिदिएको स्वास्नीविरुद्ध अभियोग

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
