कोरोना भाइरसबारे जागरूक गर्न मस्जिदका इमामहरूसित पुलिसको बैठक

कालचिनी : कोरोना भाइरसबारे मानिसहरूलाई जागरूक गर्ने उद्देश्य लिएर आज कालचिनी थाना अन्तर्गत विभिन्न मस्जिदका इमामहरू साथै विभिन्न मदरसा स्कूलका सचिवहरूको उपस्थितिमा कालचिनी थानामा एउटा बैठकको आयोजना गरियो। यस अवधि कालचिनी थानाको अधिकारी पार्थ सारथी चन्द, कालचिनी थानाका ओसी अभिषेक भट्टाचार्य लगायत विभिन्न मस्जिदहरूका इमाम अनि विभिन्न मदरसाका कार्यकर्ताहरू उपस्थित थिए।यस अवसरमा पार्थ सारथी चन्दले धार्मिक स्थलहरूमा मानिसहरूलाई भीड़ नगरिदिने अपील गरेका छन्। कालचिनी मस्जिदको तर्फबाट अशरफ राजाले केही दिनको लागि मदरसा बन्द राखिने साथै साधारण मानिसहरूलाई जागरूक गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *